पोखरा महानगरको बजेट: ७ अर्ब १५ करोड (पूर्णपाठसहित)

पाेखरा | असार १०, २०८०

पोखरा महानगरको बजेट: ७ अर्ब १५ करोड (पूर्णपाठसहित)

पोखरा:     पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । 


बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छछ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।


स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बताइन् ।

 

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको छ । महानगरले चालुआर्थिक वर्षको भन्दा १ अर्ब ८४ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो । 

 

पूर्णपाठ

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्